गृहपृष्ठ Featured मोटरसाइकल दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

मोटरसाइकल दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

प्रकाशित मिति:

काठमाडौं: झापाको दमक नगरपालिका-२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

त्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी-४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती- ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला-३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् ।

तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

मृतक तीनैजना दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइगरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

सम्बन्धित् समाचार