वैखरी अनलाईन : राप्रपाका केन्द्रिय सदस्य धुब्र रायमाझीले पार्टीले उठाएको संबैधानिक राजसंस्था, हिन्दुराष्ट्र पुर्नस्थापनाको मुद्धा जनताको माझ लोकप्रिय गर्दै गएको बताउभएको छ । उहाँले पार्टीको महाधिवेशनबाट नयाँ नेतृत्व आईसके पश्चात आम जनता र युवामा पार्टिप्रति आकर्षण र प्रवेश गर्नेको लहरलाई लागेको दाबी गर्नुभयो । कपिलवस्तुमा स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रायमाझीले यस्तो बताउनुभएको हो ।
उहाँले नगर र प्रदेशको कार्यसमितिले सोहीलाई बुझेर आफ्नो कार्यक्रम प्रभावकारी संचालन गर्न निर्देशन समेत दिनुभयो । पुष २८ देखि संचालन हुने हिन्दुराष्ट, राज संस्थाको पुर्नस्थापना र भष्ट्रचार विरुद्धको सडक आन्दोलनमा सबैलाई सहभागि हुन उहाँले आह्वान गर्नुभएको छ ।








