गृहपृष्ठ Featured अष्ट्रेलियामा प्रदर्शनकारीले गरे पुरानो संसद भवनमा आगजनी

अष्ट्रेलियामा प्रदर्शनकारीले गरे पुरानो संसद भवनमा आगजनी

प्रदर्शनकारीहरुले अष्ट्रेलियाको राजधानी क्यानबेरास्थित पुरानो संसद भवनमा आगजनी गरेका छन् । आदीवासी सार्वभौमसत्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले बिहिबार पुरानो संसद भवनमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीहरुले गरेको आगजनी क्षणभरमै नियन्त्रणमा लिइएको क्यानबेरा प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार प्रदर्शनकारीहरुले पुरानो संसद भवनको प्रवेशद्धारमा आगजनी गरेका थिए । आगजनीबाट ठूलो मात्रामा भौतिक एवम् मानविय क्षति नभएको प्रहरीले बताएको छ ।

अष्ट्रेलियामा यस्ताखाले घटना न्युन हुने गरेको र कोभिड महामारीपश्चात यस्ताखाले घटनामा बृद्धि भएको पाइन्छ । आफूलाई सरकारविरोधीको रुपमा चिनाएका समूहले बिहिबारको घटना गराएको बीबीसीमा उल्लेख छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सो घटनाको निन्दा गर्दै अष्ट्रेलियामा यस्ताखाले घटना एवम् हिंसाले काम नगर्ने बताएका छन् ।

सम्बन्धित् समाचार