वैखरी अनलाइन
कपिलवस्तुमा कोरोना बिरुद्धको खोप लगाउने क्रम जारी रहेको छ । जिल्लामा हाल सम्म ३६०५२४ जनाले कोरोना विरुद्दको खोप कम्तिमा १ मात्रा प्राप्त गरेका छन् भने १४७१४९ जनाले खोपको पूर्णमात्रा प्राप्त गरेका छन् । पछिल्लो समय १२ देखि १७ वर्ष उमेर समूहका लागि प्राप्त भएको मोर्डना खोप ७०९९६ जना किशोर किशोरीले पाईसकेका छन्।
जिल्लामा विषेश गरी विदेश जाने दाजुभाई दिदीबहिनीको मागलाई मध्य नजर गर्दै यही पुस १८ गते देखि व्बलककभल (व्७व्) खोप लगाउने अभियान सञ्चालन हुँदै छ ।
कपिलबस्तु, बाणगंगा र बुद्दभूमि नगरपालिकामा यो खोप अभियान पुस २२ गते देखि सञ्चालन हुनेछ भने अन्य स्थानीय तहहरुमा पुस १८ गते देखि नै सबै वडाका स्वास्थ्य संस्थाहरुबाट १८ बर्ष भन्दा माथि यस अघि कुनै पनि खोप नलगाएका व्यक्तिहरुलाई यो खोप दिईने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।








