गृहपृष्ठ Featured आज ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदै

आज ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदै

नेपाली काँग्रेसले आज ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि यस वर्ष औपचारिक कार्यक्रम राखेको छन । तर विभिन्न जिल्लामा नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बनाउने भएका छन् ।

 

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ र महामन्त्री विश्वप्रकाश शर्माले पोखराको कार्यक्रममा सहभागी हुने छन् । साथै दिवसका अवसरमा आज काँग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको जनाइएको छ ।

सम्बन्धित् समाचार