गृहपृष्ठ Featured माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

प्रकाशित मिति:

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक जारी रहेको छ। बन्दसत्रमा प्रतिवेदनमाथि प्रतिनिधिहरुले उठाएका प्रश्न, सुझाव र जिज्ञासा जवाफ दिन काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा शुक्रबार स्थायी कमिटीको बैठक बसेको हो।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदाको प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो।

प्रतिवेदनमाथि छलफल गर्न बनेका २५ वटै समूहले बिहीबार निष्कर्ष पेस गरिसकेका छन्। सोही प्रतिवेदनमाथि विभिन्न समूहहरुबाट आएका सुझावहरुको प्रष्टिकरणका लागि आवश्यक छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ।

सम्बन्धित् समाचार