गृहपृष्ठ Featured अमेरिकाको कोलोराडो राज्यको जंगलमा आगो लाग्दाँ दशौं हजार मानिस विस्थापित

अमेरिकाको कोलोराडो राज्यको जंगलमा आगो लाग्दाँ दशौं हजार मानिस विस्थापित

प्रकाशित मिति:

अमेरिकाको कोलोराडो राज्यको बोल्डर काउन्टी नजिकको जंगलमा लागेको आगलागीका कारण दशौं हजार मानिस बिस्थापित भएका छन्। आगलागीमा परेर सयौं घर नष्ट भएको बीबीसीले जनाएको छ।

मानव बस्तीमा तीब्र गतिमा फैलिएको आगोका कारण उत्तरी डेनभरको बोल्डर काउन्टी जोखिममा परेको हो। दुई शहर लुइसभिल र सुपेरियरका करिब ३० हजार मानिसलाई घर छाड्न भनिएको छ। आगोकै कारण संकटकालको घोषणा गरिएको छ।

चर्को हाबाहुरीका कारण आगो तीब्र गतिमा फैलिरहेको छ। गभर्नर जेरार्ड पोलिसले प्रकृतिक कारणले नै आगो फैलिएको बताएका छन्।
उनले हावाको गति मत्थर हुने आशा व्यक्त गरे जसले मौसम परिवर्तन गराओस्। उक्त स्थानमा १ सय ६९ किलोमिटर रफ्तारमा हावा चलेको छ जसले आगोका लाप्काहरुलाई फैलाउन योगदान मिलिरहेको छ।

पहिले यस क्षेत्रको जंगलमा आगो लाग्दा गाउँहरु प्रभावित हुने गरेको थियो। यसपाला भने शहरोन्मुख क्षेत्र समेत प्रभावित हुन पुगेका छन्।

एकातिर आगलागी छ भने त्यसैका कारण बिजुली सप्लाइ अवरुद्ध हुन पुगेको छ। यसले जनजीवन पूर्ण प्रभावित भएको छ। अहिलेसम्म ३ सय ७० घर आगोको चपेटामा परिसकेको छ। सपिङ कम्लेक्स र होटल पनि पूरै आगोको सिकार बनेको छ।

सम्बन्धित् समाचार