गृहपृष्ठ Featured दाङमा राष्ट्रियस्तरको टेबल टेनिस प्रतियोगिता शुरू

दाङमा राष्ट्रियस्तरको टेबल टेनिस प्रतियोगिता शुरू

दाङ, पुस १६ । दाङमा आजदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिता शुरू भएको छ । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा शुरू भएको हो ।

नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुरको आयोजनामा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले गर्नुभयो। मन्त्री हमालले खेलखुदले आपसी मेलमिलापको सन्देश दिने बताउनुभयो ।

प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय टिमको सहभागिता रहेको छ । पुरस्कारको राशी ३ लाख ८० हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स टीम र बुमेन्स टिमको प्रथम पुरस्कार ३० ÷३० हजार, द्धितिय पुरस्कार १५÷१५ हजार , तृतीय पुरस्कार नगद ५÷५ हजार र सान्तोना पनि ५÷५ हजार प्राप्त गर्ने छन् ।

सम्बन्धित् समाचार