कपिलवस्तु : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शिवराज नगर कमिटीद्वारा पार्टी प्रवेश तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा भएको कार्यक्रममा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पुस २७ गते कृष्णनगरमा मनाउने निर्णय भएको शिवराज नगर अध्यक्ष राम बहादुर रायमाझीले बताउनुभयो । कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले संठगन विस्तार कार्यलाई तिब्रता दिने बताउनु भयो ।
आगामी निर्वाचनमा जिल्लालाई राप्रपामय बनाउने उदेश्यले काम गर्न कार्यकर्तालाई सिंहले अनुरोध गर्नु भयो । पार्टी प्रवेश तथा छलफल कार्यक्रममा बोल्दै प्रदेश सदस्य सईद अहमद शाहले राजा विना देशको विकास गर्न सम्भावना नभएको बताउनु भयो । नेपालका मुस्लिम हिन्दुराज्यको पक्षमा रहेको प्रदेश सदस्य शाहले बताउनु भयो ।
शाहले आगामी चुनावमा राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न अनुरोध गर्नु भयो । सोही कार्यक्रममा बोल्दै प्रदेश सदस्य राजेन्द्र अधिकारीले कार्यकर्तालाई गाउँ घरमा राप्रपाको नीति सिद्धान्त बताउने समय आएको बताउनु भयो । सो कार्यक्रममा अन्य पार्टी परित्याग गरि एक दर्जन नेता कर्याकर्ता राप्रपामा प्रबेश गरेका थिए ।