गृहपृष्ठ Featured चन्द्रौटामा प्रशोधित पिउने पानी व्यवसायीसँग अन्तरक्रिया

चन्द्रौटामा प्रशोधित पिउने पानी व्यवसायीसँग अन्तरक्रिया

प्रकाशित मिति:

कपिलवस्तु, १६ पुष । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा प्रशोधित पिउने पानी व्यवासायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार शिवराज नगरपालिका ५ चन्द्रौटामा आयोजित कार्यक्रममा पछिल्लो समय स्वच्छ गुणस्तरीय पानीको अवस्थाको बारेमा चर्चा गरिएको थियो ।

जिल्लाका पिउने पानी व्यवासायीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा कार्यलय प्रमुख विमल कुमार दाहालले सहजिकरण गर्नुभएको थियो ।

मापदण्ड,संचालनको पकृया,गुणस्तरीय बनाउने तरिका,बजारको समस्या लगाएतको बारेमा व्यवसायिलाई जानकारी गराउनुभएको थियो ।

सम्बन्धित् समाचार