पाल्पा : पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । धार्मिक र पर्यटकीय स्थलहरूमा स्थानीय सरकारले आवश्यक पूर्वाधारको विकास गर्न थालेपछि पर्यटकहरूको घुइँचो बढ्न थालेको हो ।
स्थानीय सरकारले पर्यटकीय पुर्वाधारहरूमा चासो देखाउँदै यहाँको पूर्वाधार विकास गर्न थालेपछि आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल बढ्न थालेको छ ।
कोरोना महामारीको समयमा घर वाहिर नस्किन डराएका पर्यटकहरू धर्मकर्म र घुमघामको लागि निस्किन थालेपछि पर्यटकीय क्षेत्रमा चहलपहल बढेको हो ।








