गृहपृष्ठ Featured माओवादी महाधिवेशन : आजको बन्दसत्र सुरु

माओवादी महाधिवेशन : आजको बन्दसत्र सुरु

प्रकाशित मिति:

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनमा आजको बन्दसत्र सुरु भएको छ। गत आइतबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु महाधिवेशनले पार्टीको नयाँ नेतृत्व आज चयन गर्ने बताइएको छ। विहान सवा ११ बजे सुरु भएको बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासाको जवाफ दिइरहेका छन्।

शुक्रबारको बन्दसत्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन पारित गरेको थियो।

साथै बन्दसत्रमा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा परीक्षण आयोगले आ–आफ्नो प्रतिवेदन पनि पेस गरेका थिए।

सम्बन्धित् समाचार