गृहपृष्ठ Featured भारत प्रशासित जम्मु काश्मिरको एक मन्दिरमा भागदौड मच्चिदा १२ जनाको मृत्यु

भारत प्रशासित जम्मु काश्मिरको एक मन्दिरमा भागदौड मच्चिदा १२ जनाको मृत्यु

भारत प्रशासित जम्मु काश्मिरको एक मन्दिरमा भागदौड मच्चिदा १२ जनाको मृत्यु भएको छ । नयाँ वर्ष २०२२ को अवसरमा वैष्णोदेवी मन्दिरमा दर्शन गर्न पुगेका तिर्थयात्रीहरुबीच भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको हो । भागदौडमा २० जनाभन्दा बढी घाइते भएका छन् ।

जम्मु काश्मिरको त्रिकुटा पहाडमा अवस्थित सो मन्दिर ५ हजार २०० फुटको उचाईमा रहेको छ । समाचार एजेन्सी एएनआईलाई स्थानीय प्रहरी अधिकारी लिबाग सिंहले भनेका छन् स् ‘कटरास्थित माता वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ । यो दुर्घटना एउटा विवादबाट सुरु भएको थियो । त्यसलगत्तै भीडमा भागदौडको स्थिति उत्पन्न भएको थियो ।’

कटारास्थित सामूदायिक स्वास्थ्य केन्द्रका चिकित्सक डा।गोपाल दत्तका अनुसार भागदौडमा १२ जनाको मृत्यु भएको छ । उनीहरु सबै दिल्ली, हरियाणा, पञ्जाब र जम्मु काश्मिरका सर्वसाधारण हुन् । घटना भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसम्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई २– २ लाख रुपैयाँ सहयोग गर्ने बचन समेत दिएका छन् । यो वर्ष वैष्णोदेवी मन्दिर ५६ लाखभन्दा बढी दर्शनार्थी पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सम्बन्धित् समाचार