काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा देव गुरुङद्वारा प्रस्तावित विधान मस्यौदा पारित भएको छ। गत सोमबारको बन्दसत्रमा गुरुङले सो प्रस्ताव प्रस्तुत गरेका थिए।
मस्यौदामाथि २५ समूहमा छलफल भएपछि गुरुङ शनिबार जवाफ दिएका थिए। उनले जवाफ दिएपछि मस्यौदा पारित भएको हो।
माओवादीले आजै केन्द्रीय कमिटी गठन गर्ने तयारी गरेको छ। पदाधिकारी भने पछि केन्द्रीय कमिटीले निर्वाचित गर्नेछ।