गृहपृष्ठ Featured तुलसीपुरमा एक विद्यार्थी मृत भेटिए

तुलसीपुरमा एक विद्यार्थी मृत भेटिए

प्रकाशित मिति:

दाङ, पुस १७ । तुलसीपुरमा एक विद्यार्थी मृत फेला परेका छन् । जाजरकोट घर भई हाल तुलसीपुर १२ मा कोठा भाडामा बस्दै आएका १९ बर्षीय सुनिल खड्का मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनी शुक्रवार विहान आफु बस्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । पढाईको शिलशिलामा उनी तुलसीपुर बस्दै आएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनी मेट्रो कलेजले संचालन गरेको वन विज्ञान विषयमा अध्ययनरत थिए । मृतक खड्काको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टम पछि शनिवार विहान आफन्तीले बुझेको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ

सम्बन्धित् समाचार