डिलाराम भुसाल (कपिलबस्तु) : कपिलबस्तुमा गत बुधवार आएको बेमैसमी बर्षले कपिलवस्तु का इट्टा ब्यवसायीहरु ठुलो मर्कामा परेको बताएका छन । जिल्लाको कृष्णनगर, विजयनगर, शिवराज, महाराजगंज, बुद्धभुमि, तैलिहवा, मायादेवि, यसोधरा, शुद्धोधन, बाणगंगामा सञ्चालित इट्टा उधोगहरुमा बर्षले ठुलो क्षति पुगेको इट्टा ब्यवसायीहरु बताएका छन ।
काँचो ईट्टाको बिमा नहुदा कपिलवस्तुमा करिव २० करोड बढी मूल्यको इट्टा नष्ट भएको इट्टा ब्यवसायी संघ कपिलवस्तुका अनुगमन समितिका संयोजक शिव प्रसाद बन्जाडेले बताएका छन् ।