गृहपृष्ठ Featured राप्रपा बाणगंगा नगर कार्यसमितिद्धारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

राप्रपा बाणगंगा नगर कार्यसमितिद्धारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा नगर कार्यसमितिले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । बाणगंगा नगरपालिकाका वडा नं. १, ४ र ५ का जीवन राना मगर, हिमाल प्रताप सेन, निशान्त गाहासहित १० जना बढी राप्रपामा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई पार्टीका शीर्ष नेताहरुले अबिरसहित पार्टीमा स्वागत गर्दै सदस्यता समेत प्रदान गरेका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य धुर्व रायमाझिले अबको निकास र बिकासको विकल्प राप्रपा मात्र रहेको बताउनुभयो । केन्द्रिय सदस्य रायमाझिले पार्टिको एकता महाधिवेशन पछि पार्टि प्रति युवाहरुको आकर्षण बढेकाले सबै क्षेत्रबाट सकारात्मक देखिएकोले अब वठा गाउँमा पार्टिको संगठन निर्माणमा युद्धस्तरमा लाग्न निर्देशन दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा यहि पुस २७ गते पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस भब्य रुपमा मनाउन सबै संघ संस्था सरोकार समुहसंग छलफल गर्ने र सक्रिय सदस्यता ब्यस्थित रुपमा अगाडि बढाउने निर्णय समेत गरिएको छ ।

पार्टीका लुम्बिनी प्रदेश सहिद अहमद खाँ, जिल्ला उपाध्यक्ष चन्द्र भण्डारी, भिष्म ढुंगाना लगायतले सम्बोधन गर्नुभएको थियो । नगर कमिटि अध्यक्ष गिरीराज कंडेलको अध्यक्षता तथा नगर सचिव नवराज घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार