गृहपृष्ठ Featured बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया : बर्दिया राजापुर नगरपालिका– ९ बस्ने बर्ष ५४ की भुसिया थारुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । दशगजा नजिक बाख्रा चराउन गएको अवस्थामा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जंगली जनावरहरुको आक्रमणबाट बर्दिया जिल्लामा पटक–पटक मानविय क्षती भईरहेकोले जंगली क्षेत्रहरुमा घाँस–दाउरा गर्न तथा पशु चौपाया चराउन जाँदा साबधानी अपनाउन तथा एक्लै नजान जिल्ला प्रहरी कार्यालय बर्दियाले सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार