गृहपृष्ठ Featured शीर्षस्थानको रियल मड्रिड गेटाफेसँग पराजित

शीर्षस्थानको रियल मड्रिड गेटाफेसँग पराजित

प्रकाशित मिति:

स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर रियल मड्रिड गेटाफेसँग पराजित भएको छ। कोलिसेयुम अल्फोन्सो पेरेज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली गेटाफेले मड्रिडलाई १-० गोलअन्तरले हराएको हो।

गेटाफेको जितमा खेलको ९ औं मिनेटमा एनेस युनलले निर्णायक गोल गरे। पहिलो हाफमा मड्रिडले घरेलु टोलीमाथि राम्रै दवाब बनाए पनि स्कोर गर्न सकेन। रियलका लुका मोड्रिच बराबरीको नजिक पुगे पनि उनको प्रहार गोलपोस्टमा ठोक्किँदै बाहिरिएको थियो। त्यस्तै गेटाफेका गोलकिपर डेभिड सोरियाले मोड्रिचले टाढाबाट गरेको अर्को शक्तीशाली प्रहारलाई पनि रोकेका थिए।

पराजयको बावजुत रियल अंकतालिकाको शीर्षस्थानमा कायम छ। शीर्षस्थानमा रियलले २० खेलबाट ४६ अंक जोड्दा दोस्रो स्थानमा रहेको सेभियाले १८ खेलबाट ३८ अंक जोडेको छ। रियलमाथिको जितले रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको गेटाफेलाई भने राहत मिलेको छ। आजको जितसँगै रेलिगेशन क्षेत्रबाट माथि उठेर १८ अंक जोड्दै १६ औं स्थानमा उक्लिएको छ।

 

सम्बन्धित् समाचार