कृष्ण यादब (कपिलवस्तु) : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्ध शिक्षा र दर्शन मानपयोगी र वैज्ञानिक रुपमा आधारित रहेकाले नेपालको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् । बृटिश साम्रराज्यद्वारा लादिएको उपनिबेशबाद शिक्षा नीति पढेर आएर आफूलाई शिक्षाविद् डाक्टर भयौं भनेर घमण्ड गर्ने तर नेपाली माटोमा जन्मे हुर्केको बौद्ध दर्शनकाबारेमा थाहा नहुनेहरुकाकारण मुलुकको पछि धकेलिएको बताए ।
लुम्बिनीबाट प्रत्यक्ष रुपमा विहान सा“झ बोधी टेलिभिजन प्रशारण भएको एक वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले अन्य विदेशी मुलुकबाट भएको शिक्षा प्रणाली नेपालको पाठ्यक्रममा राख्ने तर, आफनै मुलुकबाट आएको सत्य तथ्यमा आधारित बौद्ध दर्शन र शिक्षालाई विद्यालयमा नपढाउनु विभेद र खतरनाक विचार भएको बताए ।
यस्ले निक्कै चासो र चिन्ता देखाएको छ उनले भने संघीय र प्रदेश सरकार तल्लो तहबाटै बुद्ध शिक्षा, विचारलाई पाठ्यक्रममा राख्नु पर्छ । संसारलाई शान्ति र अहिंसाको दर्शन दिने भगवान गौतम बुद्धको विचार, दर्शनलाई संमान र व्यवहारमा उत्रार्न नसक्दा नेपाल र नेपाली पछि परिरहेको उनले बताए ।
कार्यक्रममा प्रदेश सभासद् फखरुद्दिन खान, लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष सुरेन्द्रमुनि शाक्य र बोधी टेलिभिजन अध्यक्ष सञ्जीव तुलाधर लगायतले बोलेका थिए । त्यस्तै कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका नवनिर्वाचित अध्यक्ष धर्मशोभन महास्थवीर लगायत १५ पदाधिकारीलाई स्वागत तथा संमान गरिएको थियो ।








