१९ पुस, दाङ । रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका-९ हृवामाबाट लिबाङ आउँदै गरेको रा१ह ३०५१ नम्बरको अटो आइतबार दिउँसा दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका-९ सखीका ३४ वर्षीय खुम रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सदरमुकाम लिबाङबाट यात्रु लगेर र्फकने क्रममा अटो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । चालक रोका केही समय अघिमात्र विदेशबाट र्फकेर अटो चलाउन थालेका थिए ।
कच्ची सडकमा अटो चलाउदा दुर्घटना भएको हो ।