गृहपृष्ठ Featured सत्ता साझेदार दलहरुको संयुक्त बैठक बालुवाटारमा जारी

सत्ता साझेदार दलहरुको संयुक्त बैठक बालुवाटारमा जारी

प्रकाशित मिति:

१९ पुस, काठमाडौं । आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनावमा सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धन बनाउने तयारीमा छन् । मंगलबार उम्मेदवारी दर्ताको दिन भएकाले सिट भागबण्डा गर्ने प्रयास भइरहेको छ ।

आगामी फागुनदेखि एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना गरी २० सांसद चार वर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् । राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि ७ वटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन हुने छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २० गते ९मंगलबार० उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराहृन ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । त्यसअघि निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको थियो।

सम्बन्धित् समाचार