नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका १० जिल्लाबाट २९ जना केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । २९ जना केन्द्रीय सदस्यमा सर्वसम्मत चयन हुँदा मुगु र दैलेखबाट एकजना पनि परेका छैनन् ।
केन्द्रीय सदस्यमा सबैभन्दा बढी जाजरकोट जिल्लाबाट चयन भएका छन् भने सबैभन्दा कम डोल्पा जिल्लाबाट रहेका छन् । जाजरकोट जिल्लाबाट आठजना केन्द्रीय सदस्य चयन हुँदा डोल्पाबाट एकजना केन्द्रीय सदस्य बनेका छन् ।
जाजरकोट जिल्लाबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक चयन भएका छन् । सत्या पहाडी शक्तिबहादुर बस्नेतको श्रीमती हुन् भने कृष्णा शाह रामदीप आचार्यको श्रीमती हुन् ।
सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्य भएका छन् । घर्ती विष्टकी श्रीमती हुन् ।रुकुम पश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन केन्द्रीय सदस्यमा चयन भएका छन् ।
जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर केन्द्रीय सदस्यमा चयन भएका छन् ।कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने केन्द्रीय सदस्यमा चयन भएका छन् ।सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी चयन भएका छन् ।
हुम्लाबाट छक्कबहादुर लामा र विजय भण्डारी केन्द्रीय बनेका छन् । डोल्पाबाट काली चलाउने केन्द्रीय सदस्यमा चयन भएका छन् ।