गृहपृष्ठ Featured कपिलवस्तुको पहिचान र विकासमा १२औं कपिलवस्तु महोत्सव महत्वपूर्ण- निर्देशक रेश्मी

कपिलवस्तुको पहिचान र विकासमा १२औं कपिलवस्तु महोत्सव महत्वपूर्ण- निर्देशक रेश्मी

सागर वि.क.(वैखरी अनलाईन) : ‘सक्षम व्यवसायी, समृद्ध राष्ट्र र स्वाधीन अर्थतन्त्र’ भन्ने मूल नारालाई अघि सार्दै हुन गईरहेको १२ औँ कपिलवस्तु महोत्सवलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट महोत्सव बनाईने आयोजकले उद्घोष गरेको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंले यहीँ माघ १२ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवलाई प्रदेशकै उत्कृष्ट महोत्सव बनाईने उद्घोष गरेकोे हो । महोत्सव नजिकिदैं गर्दा तयारी तीब्र रुपमा अघि बढेको र प्रदेशकै उत्कृष्ट महोत्सव बनाउन आफुहरु लागी परेको संघका अध्यक्ष डोलकराम घिमिरेले बताए ।

अहिलेसम्म करिब ३५ प्रतिशत काम सम्पन्न भईसकेको र महोत्सव सुरु हुनुभन्दा २ दिन अघि नै सबै काम सम्पन्न गर्ने गरि काम भईरहेको उनले बताए । अहिलेसम्म कम्पाउण्ड लगाउने काम पूर्ण रुपमा सकिएको छ भने महोत्सव स्थल बाणगंगाको बुद्ध रगंशालालाई व्यवस्थित बनाईने कामहरु धमाधम भईरहेका छन् ।

मंगलबारदेखि स्टल बनाउने कामको सुरुवात गरिने र महोत्सव स्थालमा राखिने मूर्तिहरु बनाउने काम समेत भईरहेको उनले बताए । उनले महोत्सव स्थलमा दर्शकहरुले ऐतिहासिक प्रवेशद्धार, शिवको मूर्ति, हिमाल, बुद्धको मूर्ति लगायत विगतका महोत्सवमा नदेखेका दृश्यको अवलोकन गर्न सक्ने दाबी गरे । कृषिका स्टलहरुलाई महोत्सवमा विशेष स्थान दिई गरि घरेलु उत्पादनलाई जोड दिनु अहिलेको आवश्यकता औल्याएका छन् ।

महोत्सवलाई थप नयाँपन दिलाउँदै आकर्षणको केन्द्र बनाउँन सबै आआफ्नो ठाउँबाट लागी परेको महोत्सवका निर्देशक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरले बताए । कपिलवस्तुको पहिचान र विकासमा १२ औं कपिलवस्तु महोत्सव महत्वपूर्ण सावित हुने उनले दाबी गरे । ‘जिल्लाको पहिचान र विकासमा १२ औं कपिलवस्तु महोत्सव महत्वपूर्ण सावित हुन्छ, उनले भने, ‘हामीले यसलाई नयाँ उत्साह र जोसका साथ सम्पन्न गछौं ।’

१२ औँ कपिलवस्तु महोत्सवलाई ऐतिहासिक र देशका अरु महोत्सव भन्दा भिन्न बनाउने गरि तयारी अघि बढिरहेको उनले बताए ।

महोत्सवमा विभिन्न जातजातीको परम्परागत भेषभूषा, संस्कृति झल्किने क्रियाकलाप, सेल्फी जोन, दशौँ कपिलवस्तु डान्स आइडल रहने तथा नेपालकै सबैभन्दा ठुलो स्टेज समेत बनाईने उनले दाबी गरे । कपिलवस्तु डान्स आइडलको लागी अहिले अडिसन लगायतका काम भईरहेको उनले जानकारी दिए ।

सघंले महोत्सवलाई सफल पार्न यस क्षेत्रका विभिन्न महत्वपुर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल गर्दै आएको छ ।

सम्बन्धित् समाचार