माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी) लाई पार्टी निर्माणमा सम्पूर्ण ध्यान र शक्ति प्रयोग गर्न निर्देशन दिएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि बधाई दिन पुगेका अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहसहितको टोलीलाई निर्देशन दिंदै प्रचण्डले गुट उपगुट भत्काउन र क्रान्तिकारी पार्टी निर्माण गर्न भनेका हुन ।
अखिल९क्रान्तिकारी०का नेता जीपी मैनालीका अनुसार भेटमा प्रचण्डले महाधिवेशनले समाजवादउन्मुख कार्यदिशासहितको बिचार अबलम्बन गरेको र बिचार अनुसारको क्रान्तिकारी संगठन निर्माण अबको आवश्यकता भएको बताएका छन । पार्टी पुनः निर्माणमा आफु सम्पूर्ण सामर्थ्यसहित जुटिसकेको र नेता कार्यकर्ताहरुबाट पनि यहि अपेक्षा गरेको उनले बताए ।
आठौं महाधिवेशनले समग्र देशको नेतृत्व गर्ने गरि बिचार र कार्यक्रम तयार पारेको भन्दै उनले क्रान्तिका लागी अलगअलग पार्टीको आवश्यकता अब जरुरी नभएको धारणा राखेका थिए ।