गृहपृष्ठ Featured सुनको भाउ ५ सय रुपैयाँले घट्यो

सुनको भाउ ५ सय रुपैयाँले घट्यो

२२ पुस, काठमाडौं । बिहीबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा पाँच सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको कारोबार मूल्य ९२ हजार तीन सय रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको मूल्य तोलामा ९१ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तोलामा ९२ हजार ८ सय रुपैयाँमा छापावाल र ९२ हजार तीन सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै बुधबार तोलामा १२ सय ६० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आजको कारोबार मूल्य १२ सय २५ रुपैयाँ तोला तोकिएको छ ।

सम्बन्धित् समाचार