गृहपृष्ठ Featured टेनिस खेलाडी जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा रोक

टेनिस खेलाडी जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा रोक

पुस २२, काठमाण्डौ । अस्ट्रेलियाले विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गरेको छ । अस्ट्रेलियन ओपन टेनिसका लागि मेलबर्न पुगेका जोकोभिचको भिसा रद्द भएको हो । उनलाई मेलवर्नको विमानस्थलमा केही घण्टा रोकिएको थियो ।

त्यसपछि उनले अस्ट्रेलिया प्रवेश गर्ने नियम पालना नगरेको पाइएको थियो । कोरोना भाइरसविरुद्धको खोप लगाए–नलगाएको सार्वजनिक नगरेका जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्नकै लागि एक दिन पहिले खोप नलगाए पनि हुने गरी छुट दिइएको थियो ।

यस्तै, उनको टिमले कोरोना विरुद्धको खोप नलगाएको अवस्थामा अस्ट्रेलिया प्रवेशका लागि दिइने छुटसहितको भिसाका लागि आग्रह समेत नगरेको पाइएको बीबीसीले जनाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोही पनि व्यक्ति नियम भन्दा माथि नरहेको बताउनु भएको छ ।

सम्बन्धित् समाचार