गृहपृष्ठ Featured नेकपा एमाले जिल्ला सदस्यमा पौडेलको उमेद्धवारी घोषणा

नेकपा एमाले जिल्ला सदस्यमा पौडेलको उमेद्धवारी घोषणा

वैखरी अनलाइन
नेकपा एमाले कपिलवस्तुको अधिवेशनमा जिल्ला सदस्यमा बिष्णु पौडेलले उम्मेद्वारी दिनु हुने भएको छ । यहीँ पुस २३ र २४ गते हुन लागेको जिल्ला अधिवेशनमा पौडेलले सदस्य पदमा आफ्नो उम्मेदवारी रहने बताउनुभएको हो । जिल्लाका संक्रिय कार्यकर्ता रुपमा परिचित पौडेल २ दशक लामो समयदेखि नेकपा एमालेको संक्रिय राजनीतिमा होमिनुभएको थियो ।

पार्टीका नेता कार्यकर्ताले दिएको साथको कदर र सम्मानको गर्दै जिल्लामा पार्टीलाई थप मजबुत तुल्याउन आफ्नो उम्मेदवारी रहने पौडेलको भनाई छ । पौडेल बाणगंगा नगरपालिका वडा नः २ का वडा अध्यक्ष तथा बाणगंगा नगरपालिकाको प्रवक्ता समेत हुनुहुन्छ । पौडेल युवाहरुमाझ लोकप्रिय नेताका रुपमा परिचित रहनु भएको छ ।

उहाँले सर्वसम्मत र निर्वाचन प्रक्रियाबाट पार्टीको जिल्ला अधिवेशन सफल पार्न चुनिनु भएका जिल्ला अधिवेशन प्रतिनिधिको साथ मिल्ने समेत विश्वास व्यक्त गर्नुभएको छ । पौडेलले पार्टीको हित र सामाजिक हितमा सदैव लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सम्बन्धित् समाचार