गृहपृष्ठ Featured चन्द पोलिक्लिनिकमा हाडजोर्नी, नसा तथा बाथ रोगको पनि उपचार

चन्द पोलिक्लिनिकमा हाडजोर्नी, नसा तथा बाथ रोगको पनि उपचार

वैखरी अनलाईन : चन्द पोलिक्लिनिक प्रा.लि. चारनम्बर जितपुरमा बरिष्ठ हाडजोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठ आउनु हुने भएको छ । डा. श्रेष्ठ यही पुष २४ गते शनिबार आउन लाग्नुभएको हो । हाडजोर्नी, नसा तथा बाथ रोगका विरामी टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न यस्तो सेवा दिन लागेको चन्द पोलिक्लिनिकले जनाएको छ । चन्द पोलिक्लिनिकले पुस २४ गते शनिबार विहान १० बजेदेखि सेवा दिने तयारी गरेको छ ।

विरामीको स्वास्थ्यलाई मध्येनजर गर्दै आगामी दिनमा पनि थप सेवा विस्तार गर्दैै जाने पोलिक्लिनिकले जनाएको छ । छोटो समयमा नै कपिलवस्तुसहित छिमेकी जिल्ला अर्घाखाँचीसहितका विरामीलाई छिटो छरितो रुपमा सेवा दिदै आएको छ ।

चन्द पोलिक्लिनिकका डा.दिपेन्द्र चन्दले हरेक महिनाको अन्तिम शनिबार बरिष्ठ हाडजोर्नी, नसा तथा बाथ रोग विशेषज्ञबाट उपचार गराईदै आएको वैखरी अनलाईनलाई बताए ।

सम्बन्धित् समाचार