वैखरी अनलाइन
१२ औँ कपिलवस्तु महोत्सवको अवसरमा १० औँ कपिलवस्तु डान्स पनि हुने भएको छ । जिल्लामा नृत्यमा रुची राख्नेहरुका बिच प्रतिस्पर्धा गराउने उदेश्यले १० औँ कपिलवस्तु डान्स आइडलको आयोजना गर्न लागीएको हो ।
कपिलवस्तु उद्योग बाणिज्य सघंको बैठकले डान्स आइडलको संयोजकको जिम्मा सघंका उपाध्यक्ष बिरेन्द्र खाणलेलाई दिने गरेको छ ।
डान्स आइडलमा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ नगर पुरस्कारसहित एउटा म्युजिक भिडियोमा खेल्ने अवसर प्रदान गरिने छ भने द्धित्तिय हुनेले ८८ हजार ८ सय ८८ रुपैया, तृतिय हुनले ६६ हजार ६ सय ६६ र सान्तवना स्थान पाउने २ जनाले २५ हजार पाउने संयोजक खाणले वैखरी अनलाइनलाई बताए । आइडलको अडिशन माघ २ गतेबाट हुनेछ । इच्छुकले ९८५७०६०० मा सम्र्पक गर्न हुन खाणले आग्रह गरेका छन ।