कपिलबस्तु : नेकपा एमाले कपिलबस्तुको ९ औ जिल्ला अधिवेशनमा पदाधिकारी चयनमा सहमति जुट्न नसके पछि निर्वाचन प्रकृया सुरु भएको छ । आज शनिबार दिनभरी नै सहमतिको प्रयास गरिए पनि सहमति हुन नसकेपछि निर्वाचन प्रकृया सुरु भएको हो । अहिले मतदान जारी रहेको छ ।
अध्यक्ष पदमा डम्मर शर्मा, बाबुराम खनाल र नेत्रराज अधिकारी विच चुनावी प्रतिस्प्रर्धा भईरहेको छ । यस्तै उपाध्यक्ष पदमा विश्राम प्रसाद थारु र हिरालाल पौडेल चुनावी मैदानमा हुनुहुन्छ । यस्तै सचिव पदमा भेषराज पाण्डे र विश्व कार्की चुनाबी मैदानमा हुनुहुन्छ । यता उपसचिवमा ९ जनाको उम्मेदवारी रहेको छ भने उपसचिव महिलामा शुशिला दर्लामी निर्विरोध हुनुभएको छ । यस्तै भुगोल तर्फ मायादेवी गाउँपालिका र बाणगंगा नगरपालिकाको मतदान भईरहेको छ भने दलित तर्फ पनि सहमती हुन नसकेपछि अहिले मतदान भईरहेको छ ।
अन्य पदका लागि भने सहमती भएको बताइएको छ । जिल्ला अधिवेशनमा ६ सय बढी प्रतिनिधीहरुले भोट गर्नेछन् ।








