गृहपृष्ठ Featured बाणगंगा–२ द्धारा ४ सय ६१ जना विद्यार्थीहरुलाई न्यानो पोसाक(स्वीटर) वितरण

बाणगंगा–२ द्धारा ४ सय ६१ जना विद्यार्थीहरुलाई न्यानो पोसाक(स्वीटर) वितरण

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ ले वडाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो पोसाक(स्वीटर) वितरण गरेको छ । कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई न्यानो पोसाक(स्वीटर) वितरण गरिएको हो । आईतबार ४ सय ६१ जना विद्यार्थीहरुलाई न्यानो पोसाक(स्वीटर) वितरण गरिएको वडा अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

वडाध्यक्ष पौडेलका अनुसार पञ्च आधारभूत विद्यालयका १६५ जना, बालज्योति आधारभूत विद्यालयका ११६ जना र कपिलवस्तु आधारभूत विद्यालयका १८० जनालाई विद्यार्थीहरुलाई न्यानो पोशाक (स्वीटर) बितरण गरिएको हो । जनता मा. वि.पिपराका ६०० जना विद्यार्थीहरुलाई पनि छिटै न्यानो पोशाक (स्वीटर) वितरण गर्ने कार्यक्रम रहेको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

जाडोमा विशेष गरि बालबालिका प्रभावित हुने भएकाले उनीहरुको स्वास्थ्यलाई मध्येनजर गरि न्यानो पोसाक वितरण गरिएको वडाध्यक्ष पौडेलको भनाई छ । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने प्रतिवद्धता जनाउन्ुभएको छ ।

वडाध्यक्ष पौडेलले न्यानो पोशाक (स्वीटर) वितरण गर्ने कार्यक्रममा व्यवस्थापनमा सहयोग पु¥याउने प्रदेश सासंद बिष्णु प्रसाद पन्थी धन्यवाद समेत दिनुभएको छ । वडा नं.२ ले वृद्धदेखि बालबालिका लक्षित कार्यक्रम विगत देखि नै गर्दै आएको छ ।

सम्बन्धित् समाचार