गृहपृष्ठ Featured मानव अधिकार समुह बाणगंगाले बुझायो ध्यानाकर्षण पत्र

मानव अधिकार समुह बाणगंगाले बुझायो ध्यानाकर्षण पत्र

प्रकाशित मिति:

कपिलवस्तु : इन्सेक संघ आबद्ध मानव मानव अधिकार समुह बाणगंगाले बाणगंगा नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाको वडा नं. ८ स्थित जननी आधारभूत बिद्यालयमा पुस २३ गते स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरुको पहिचान गरी समुहका उपाध्यक्ष ईन्दीरा पन्तको संयोजकत्वमा ध्यानाकर्षण पत्र बुझाईएको हो ।

ध्यानाकर्षण पत्रमा अनुगमन गर्दा टोलिले खानेपानी समस्या, खानेपानीको ट्याङ्की फुटेको पानी संचित गर्ने व्यबस्था नभएको, सेनेटरी प्याड गुणस्तरिय नभएको, बिद्यालयको कम्पाउण्डमा सटेर सार्बजनिक सौचालय निर्माण गरिएको र बिद्यार्थी खेल्ने मैदानमा सेफ्टी ट्याङ्की निर्माण गरिएको ट्याङ्की माथि छडहरु छताछुल्ल देखिएको उल्लेख गरिएको छ ।

यसैगरी बिद्यार्थी भर्ना संख्या ३ सय ५२ रहेको तर अर्धबाषिक परिक्षाको पहिलो दिन २ सय ५० जना मात्र परिक्षामा सहभागि देखिएको, घाम पानीलाई ओत लगाउन छाईएका टिनका जस्तापाताहरु जिर्ण आवस्थामा देखिएको , बिद्यालय मैत्री कम्पाउण्ड नभएको , बिद्यालयमा भर्ना भएका ३ प्रतिशत बिद्यार्थीहरु गरिवीका कारण बिद्यालय नियमित नभएको पाईको हुँदा यस बिषयमा नगरपालिका वा स्थानिय तह जिम्मेवार देखिएको छ ।

सम्बन्धित नगरपालिकाले उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शिक्षा, स्वास्थ्य, खाद्य र आवासका समस्याहरुलाई बुझि समाधानका लागि जोडदार माग गर्दछौं ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सम्बन्धित् समाचार