कपिलवस्तु : जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ नौडिहवामा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ । पुस १४ गते आफनो घरमा आगो ताप्ने क्रममा जलेर गम्भिर घाईते भएकी ७५ बर्षिया कलिमाया सुनारको भैरहवा मेडीकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
उपचाररत गम्भिर घाईते सुनारको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।








