वैखरी अनलाईन : नेकपा एमाले कपिलवस्तुको जिल्ला अधिवेशनका क्रममा भएको फोहोर विद्यार्थीहरुले सफा गरेका छन् । बाणगंगा नगरपालिका वडा नं.१ बुङ्चीमा अवस्थित सिद्धार्थ क्याम्पसको सहभाहलमा यही पुस २३ र २४ गते सम्पन्न एमालेको जिल्ला अधिवेशनका क्रममा सभाहल वरिपरी फोहोर भएको थियो ।
सोमबार वि.एड. दोस्रो बर्षमा अध्ययनरत विधार्थीहरुले उक्त फोहोर सफा गरेका हुन् । जिल्ला अधिवेशनका क्रममा प्रयोग भएका विभिन्न उम्मेद्वारहरुको पर्चा, पार्टीका बोर्डहरु, पानीका बोतल, भित्तामा टासिएका उम्मेद्वारको नामावली लगायतका फोहार विद्यार्थीहरुले उठाएर जलाएका छन् ।
क्याम्पसपको सभाहल विभिन्न पार्टीका कार्यक्रम गर्ने केन्द्र बनेको भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका छन् । उनीहरुले क्याम्पसका कार्यक्रमहरु आयोजना गर्न बनेको सभाहल यसरी विभिन्न पार्टी तथा संघसंस्थाका कार्यक्रम गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विद्यार्थीको पढाईमा असर गर्ने बताएका छन् ।
क्याम्पस प्रशासनको अनुमतिमा नै विभिन्न यस्ता गतिविधि हुने काम तत्काल रोक्नुपर्ने उनीहरुको भनाई छ ।