गृहपृष्ठ Featured कपिलवस्तुमा १२ करोड रकम हिनामीना भएको सहकारीका बचतकर्ताहरुले गरे प्रशासन घेराउ

कपिलवस्तुमा १२ करोड रकम हिनामीना भएको सहकारीका बचतकर्ताहरुले गरे प्रशासन घेराउ

कपिलबस्तु : कपिलबस्तुको तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । बचतकर्ताहरुको रकम हिनामिना भएपछि २ बर्षदेखि अदालतमा मुद्धा चलि रहेको छ । कुनै निर्णय नआएपछि बचतकर्ताहरुले जिल्ला प्रशासन घेराऊ गरी अन्दोलन गरेको बचतकर्ता दुगेश पान्डयेले बताए ।

करीब ४ सय २० बचतकर्ताहरु पैसा सहकारी फसेको छ । अदालतबाट २ बषेदेखि कुनै फैसला नभएपछि बचतकर्ताहरुले जिल्ला प्रशासनमा घेराऊ गरी आफ्नो पैसा माग गरेका छन् ।
संस्थाको १२ करोड हिनामिना गरेको आरोपमा ५३ जना विरुद्ध जिल्ला अदालतमा मुद्ध दायर भएको छ । ११ करोड ९९ लाख ५३ हजार ८ सय २६ रुपैया ठगी भएको भन्दै रकम अपचलन गरि ठगी गरेको तथा संगठित अपराध मुद्दा दायर गरेको हो ।

ठगी गरेको अरोपमा ४ जनालाई अदालत पेश गरेकोछ । महिताका राजेशकुमार कान्दु, कालिकाटोलका श्रवणकुमार तेली, चोकबजारका अविनाशदेब पाण्डे र मालटोलका राकेशकुमार ठाकुरलाई अदालतमा अदालत पुर्पक्षमा राखेर मुद्दा चलाउने भनेर जिल्ला अदालतले आदेश गरेका थियो।

सम्बन्धित् समाचार