पुस २६, प्युठान । नेकपा एमाले प्युठानको अध्यक्षमा विजय विराज विष्ट विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३१४ मत ल्याउँदै विष्ट विजयी भएका हुन् ।
अध्यक्षका प्रत्यासी नेहरसिंह केसीलाई ७३ मतले पछि पार्दै विष्ट विजयी भएको निर्वाचन समितिका संयोजक नेत्रबहादुर रोका क्षेत्रीले जानकारी दिएको छ । केसीले १७६ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा झगबहादुर विश्वकर्मा २९५ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी मुक्ति पोख्रेलले १७९ मत प्राप्त गरे ।
सचिवमा माधव शर्मा विजयी भए । शर्माले २७२ मत प्राप्त गर्दा सचिवका अर्का प्रत्यासी नेगनसिंह कुँवरले १८६ मत पाए । सहसचिवमा दिपा घर्तीले ३८४ र श्रीधर रोकाले ३७२ मत प्राप्त गर्दै विजयी भएका छन् । सहसचिवका प्रत्यासी बिनोद वलीले १७१ मत प्राप्त गरे ।
त्यस्तै दलित सदस्यमा राजेन्द्र गौतमले २७९, पुर्खसिंह सुनारले १७६ मत ल्याउँदै विजयी भएको संयोजक क्षेत्रीले जानकारी दिए ।