गृहपृष्ठ Featured ए डिभिजन लिग : पुलिस र ब्रिगेड ब्वाइजबीच बराबरी

ए डिभिजन लिग : पुलिस र ब्रिगेड ब्वाइजबीच बराबरी

प्रकाशित मिति:

२६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच १(१ को बराबरी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले सुरुवाती चार मिनेट भित्रै गोल गरे ।

खेलको दोस्रो मिनेटमा रोशन राना मगरको गोलमा ब्रिगेड व्वाइजले अग्रता लियो । तर दुई मिनेटपछि नै पुलिसका बुद्ध तामाङले गोल गरेर खेल बराबरीमा ल्याए ।

त्यसपछि खेलमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । बराबरीपछि ८ खेलबाट ७ अंकसहित पुलिस ११ औं स्थानमा यथावत छ । ब्रिगेड व्वाइज क्लब ८ खेलबाट ६ अंकसहित १२ औं स्थानमा छ ।

खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापाले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिनुपरेको बताए । ब्रिगेड व्वाइजका प्रशिक्षक सनोज श्रेष्ठले सुरुमै गोल गरेपनि विपक्षी टिमका खेलाडी मार्किङमा चुक्दा बराबरीमा चित्त बुझाउनुपरेको बताए ।

सम्बन्धित् समाचार