गृहपृष्ठ Featured सबै प्रकारका भेलामाथि प्रतिबन्ध लगाउन गृहको सर्कुलर

सबै प्रकारका भेलामाथि प्रतिबन्ध लगाउन गृहको सर्कुलर

प्रकाशित मिति:

काठमाडौँ : सार्वजनिक स्थलमा हुने सबै प्रकारका भेलाहरु प्रतिबन्ध लगाउन गृहले सम्बन्धित निकायलाई पत्रचार गरेको छ। आज गृहमन्त्रालयमा बसेको बैठकले ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय,अध्यागमन विभाग लगायतलाई पत्रचार गर्दै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले गृहमन्त्रालय अन्तर्गत हुने निर्णयहरु कार्यान्वयन गर्न सर्कुलर जारी गरेको हो।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिसिएमसीले सार्वजननिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनेगरी कुने पनि कार्यक्रम नगर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। राजनीतिकसँगै प्रशासनिक, सामाजिक कुनै पनि प्रकारका कार्यक्रम नगर्न व्यवस्था गर्न सिसिएमसीले मन्त्रालयलाई सिफारिस गरेको हो।

सार्वजनिक स्थलमा प्रवेशका लागि कोभिड खोप लगाएको प्रमाणलाई अनिवार्य गर्न पनि सिसिएमसीले सिफारिस गरेको छ। होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्र सबैमा खोप लगाएको प्रमाण अनिवार्य गरिएको हो।

माघ सात गतेपछि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ।

सम्बन्धित् समाचार