गृहपृष्ठ Featured स्थानीय तहको निर्वाचन गर्न छाडेर सरकार लुटपाटमा लाग्यो : अध्यक्ष ओली

स्थानीय तहको निर्वाचन गर्न छाडेर सरकार लुटपाटमा लाग्यो : अध्यक्ष ओली

प्रकाशित मिति:

संखुवासभा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थानीय तहको निर्वाचन गर्न छाडेर लुटपाटमा लागेको आरोप लगाएका छन् । जिल्ला अधिवेशनको उद्घघाटन गर्दै अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रावधान भएपनि सरकारको ध्यान अन्यत्र गएको बताए ।

पहिलो चरणमा जुन निर्वाचन हुन्छ, त्यसैलाई निर्वाचनको समय मानिन्छ र त्यसको दुई महिना अगाडि स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने अध्यक्ष ओली बताए । ‘फागुनमा निर्वाचन हुने कुनै सम्भावना छैन किनभने यो सरकार लुटमारमा लागेको छ चुनाव तिर हैन ।’ अध्यक्ष ओलीले भने ।

स्थानीय निर्वाचन सम्बन्धि ऐनमा पहिलोपटक निर्वाचन भएको मितिको दुई महिना अगाडि नै नेतृत्व चयन हुनुपर्ने भएपनि त्यसको तयारी नभएको उनले बताए । २०७४ को निर्वाचनको समय मानेर दुईमहिना अगाडी निर्वाचन गरिसक्नुपर्छ भनेको फागुनमा गर्ने हो । तर सरकार विगतमा पनि स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाएर कर्मचारी मार्फत चलाएको स्मरण गर्दै अहिले पनि सोही प्रकारको षडयन्त्र भइरहेको बताए ।

०५९ सालमा पनि चुनाव गराइएन, जनप्रतिधिको म्याद थपिएन र कर्मचारीलाई जिम्मा लगाइएको उनको भनाई छ । त्यसपछि स्थानीय तह पङ्गु भए । अध्यक्ष ओलीले एमालेले काम गर्न नसकेर सरकारबाट बाहिरएको नभइ काम गरेको देख्न नसकेर ढालिएको बताए । वामपन्थिको खोल ओड्ने दक्षिणपन्थीहरुले सरकार गिराउने काम गरेको बताए । एमालेले देशमा ल्याएको विकासको लहर देख्न नचाहनेहरुले नेकपा नेतृत्वको सरकार ढालेको आरोप लगाए ।

अध्यक्ष ओलीले देश विकाशको अभिभारा एमालेको कांधमा आएको समेत बताएका छन् । वामपन्थी भन्ने माधव नेपाल र पुष्पकमल दाहाल प्रतिक्रियावादी खेमामा पुगेको आरोप लगाए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट विद्रोह गरेका माधव नेपाललाई संकेत गर्दै ओलीले वामपन्थी खोल ओढेर प्रतिक्रियावादी दक्षिणपन्थी शक्तिलाई साथ दिने पार्टीको पछि नलाग्न आग्रह गरे । उनले देशमा परिवर्तन चाहाने एकमात्रै वामपन्थी पार्टी एमाले भएको दावी समेत गरे ।

एमाले मात्रै परिवर्तन चाहाने, देशमा उन्नती, प्रगति चाहाने, सामाजिक न्याय र समानता दिने पार्टी रहेको बताए । उनले एमालेले देशमा विकासको लहर ल्याएको बताउँदै त्यही विकास देख्न चाहनेहरुले आफ्नो नेतृत्वको सरकार ढालेको बताए ।

सम्बन्धित् समाचार