प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मीलाई पराजित गर्दै अर्को विभागीय टिम नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ । समूह ’ए’ अन्तर्गत दोस्रो खेलमा आर्मीलाई पुलिसले चार विकेटले पराजित गरेको हो। अंक तालिकामा पुलिस दुई जितसहित चार अंक बनाएर शीर्ष स्थानमा छ ।
मंगलबार टियु मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा आर्मीले पुलिसलाई जितका लागि १३८ रनको लक्ष्य दिएको थियो । जवाफमा उक्त लक्ष्य पुलिसले १२ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गरेको हो ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले १९.५ ओभरमा अलआउट हुँदै १३७ रनमा समेटियो। आर्मीलाई पूरा ओभर खेल्न नदिने क्रममा करण केसीले उत्कृष्ट बलिङ गरेका थिए। उनले चार विकेट हात पारे ।