गृहपृष्ठ Featured मेयर श्रेष्ठलाई मानव अधिकार समूह बुद्धभूमिले बुझायो ध्यानाकर्षण पत्र

मेयर श्रेष्ठलाई मानव अधिकार समूह बुद्धभूमिले बुझायो ध्यानाकर्षण पत्र

प्रकाशित मिति:

कपिलवस्तु : इन्सेक द्वारा गठन भएको मानव अधिकार समूहले बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ । समूहका अध्यक्ष कृष्ण प्रसाद खनालको संयोजकत्वमा पुस २६ गते बुद्धभूमी नगरपालिका वडा नं. ५ स्थित राजपुर स्वास्थ्य चौकीको अनुगमन गर्दा देखिएका समस्याहरुको पहिचान गरी पुस २७ गते ध्यानाकर्षण पत्र बुझाएको हो ।

अनुगमनका क्रममा टोलिले बर्थिङ् सेन्टर संचालन गरिएको स्वास्थ्य चौकीमा सरकारले निशुल्क उपलब्ध गराउने औषधीहरु पुर्ण रुपमा उपलब्ध नरहेको, स्वास्थ्य चौकीमा प्रयोगशाला नभएको, सुत्केरी गराउन आउने महिलाहरुका लागि कम्बर्ड सौचालयको आवश्यकता देखिएको अनुगमन टोलिले जानकारी दिएको छ । यस्तै सुत्केरी पश्चात महिलाले पाउने प्रोत्साहन स्वरुप रकम समयमा उपलब्ध नभएको, नागरिक वडा पत्र नभएको, महिला र पुरुषका लागि सौचालय एउटा मात्र रहेको र स्वास्थ्य चौकिको वरिपरि खुल्ला रहेको अनुगमन टोलिले समस्याको पहिचान गरेको थियो । यस बिषयमा नगरपालिका वा स्थानियतह जिम्मेवार देखिएको छ ।

सम्बन्धित नगरपालिकाले उक्त स्वास्थ्य चौकीमा बर्थिङ् सेन्टर समेत भएको हुँदा स्वास्थ्यको समस्याहरुलाई बुझि समाधानका लागि जोडदार माग गर्दछौं ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले मानव अधिकार समूहले स्वास्थ्य चौकीको अनुगमन गर्दा देखिएका समस्याहरुलाई पहिचान गरी नगरपालिकालाई ध्यानाकर्षण गराएको भन्दै धन्यवाद दिनु भयो ।

ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका समस्याहरुलाई समाधान गर्नका लागि सम्बन्धित शाखा संग समन्वय गरेर समाधानको प्रक्रिया अगाडी बढाउने प्रमुख श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ ।

सम्बन्धित् समाचार