गृहपृष्ठ Featured राप्रपा कपिलवस्तुले विभिन्न कार्यक्रम गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनायो

राप्रपा कपिलवस्तुले विभिन्न कार्यक्रम गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनायो

वैखरी अनलाईन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा नगर समितिले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । राप्रपाका स्थानीय तथा प्रदेशका नेताहरुले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो ।

मंगलबार आज पृथ्वीजयन्तीको अवसरमा (राप्रपा) बाणगंगाको कार्यालयमा आयोजित उक्त कार्यक्रममा पार्टीका नगर अध्यक्ष गिरीराज कडेंल, कपिलवस्तुको क्षेत्र नं. १ (क) उपाध्यक्ष राम बहादुर थारु, क्षेत्रीय अध्यक्ष प्रकाश भूसाल, जिल्ला उपाध्यक्ष चन्द्रमणी भण्डारी लगायतले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेका हुन् ।

यस्तै कपिलवस्तुको कृष्णनगर, शिवराज र कपिलवस्तु नगरपालिकामा पनि मोटरसाईकल ¥यालि सहित विभिन्न कार्यक्रम गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको छ । मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्ने कार्यक्रमका बोल्ने व्यक्ताहरुको विश्वास छ । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायणको जन्मजयन्ती आज मंगलबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०० औं जन्म जयन्ती मनाइएको हो । कार्यक्रम क्षेत्र नं. १ (क) का उपाध्यक्ष राम बहादुर थारुको प्रमुख आतिथ्यता, क्षेत्रीय अध्यक्ष प्रकाश भूसालको विशिष्ट आतिथ्यता, नगर अध्यक्ष गिरीराज कडेंलको अध्यक्ष रहेको कार्यक्रम वडा नं.१० का वडा कमिटि अध्यक्ष राम लखन चौधरीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य ध्रुब रायमाझि सहित जिल्ला नेताहरुको सहभागि सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार