गृहपृष्ठ Featured आज देशका केही भागमा वर्षा र हिमपात हुनसक्ने, भोलिदेखि मौसममा सुधार

आज देशका केही भागमा वर्षा र हिमपात हुनसक्ने, भोलिदेखि मौसममा सुधार

प्रकाशित मिति:

बुधबार देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेकाले प्रदेश नम्बर-१ र प्रदेश नम्बर-२ सहित देशका पहाडी भूभागमा सामान्य बदली छ। बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।

आज काठमाडौंमा घाम लाग्ने छ। तर दिउँसोतिर केही स्थानमा बादल देखिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले  जानकारी दिइन्।

यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ।

यस्तै, प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

यस्तै भोलिदेखि न्यून चापीय प्रणालीको प्रभाव केही कम हुनेछ। ‘आजभन्दा भोलि मौसममा केही सुधार हुनेछ। ठूलो खालको वर्षाको सम्भावना छैन। कतै कतै छिटपुट वर्षा हने देखिन्छ’, मान्धरले भनिन्,‘बिहिबारदेखि देशभर आंशिक बदली रहने सम्भावना छ। अपरान्ह पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।’

शुक्रबार देशभर आंशिक बदली रहनेछ। अपरान्ह पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा फाटफुट/हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित् समाचार