नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेको हो। त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु। पाँचले बढेको छ। महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु। ९२ हजारमा कारोबार भएको छ। तेजावी सुन तोलाको रु. ९१ हजार पाँच सय पुगेको छ।
चाँदी प्रतितोला रु. एक हजार दुई सय ३५ पुगेको छ।