गृहपृष्ठ Featured तालिवान : ८० प्रतिशत पत्रकारले गुमाए जागिर

तालिवान : ८० प्रतिशत पत्रकारले गुमाए जागिर

प्रकाशित मिति:

अफगानिस्तानको पत्रकार फाउन्डेसनले अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको जनाएको छ। तिनीहरू मध्ये ७९५ आफ्नो जागिर गुमाएका छन्। उनीहरूले कष्टकर दैनिकी चलाउन अन्य पेसाको सहारा लिएको बताइएको छ। फाउन्डेसनले विगत डेढ महिनामा अफगान पत्रकारहरूको जीवनयापनको मूल्यांकन गर्दै कमजोर आर्थिक अवस्थाका कारण उनीहरू सबैभन्दा कष्टकर जीवन बिताइरहेको पत्ता लगाएको हो।

अफगानिस्तानमा ७५ प्रतिशतसम्म सञ्चारमाध्यम आर्थिक संकटका कारण बन्द भएको तथ्यांकले देखाएको खामा प्रेसले उल्लेख गरेको छ ।।

यद्यपि, फाउन्डेसनको निष्कर्षले देखाएको छ कि अफगानिस्तानका पत्रकारहरू मध्ये ९१५ पत्रकारिता पेशा रोजेकोमा सन्तुष्ट छन् भने ८ प्रतिशत मात्र खुसी छैनन्।

अफगानिस्तानभर ४६२ अफगान पत्रकारले सर्वेक्षणमा भाग लिएका छन् जसमध्ये ३९० पुरुष र ७२ महिला थिए।

फाउन्डेसनले अफगान पत्रकारहरूको आर्थिक अवस्थालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय र सरकारलाई आह्वान गरेको छ। अफगानिस्तानमा पत्रकारले विगत दुई दशकमा आफ्नो पदको दुरुपयोग गरेको आलोचना हुँदै आएको छ।

सम्बन्धित् समाचार