गृहपृष्ठ Featured गुल्मीमा वडाध्यक्षको होटलबाट उनकी श्रीमतीसहित ८ जुवाडे पक्राउ

गुल्मीमा वडाध्यक्षको होटलबाट उनकी श्रीमतीसहित ८ जुवाडे पक्राउ

प्रकाशित मिति:

बुटवल : गुल्मीमा वडा अध्यक्षको होटलबाट उनकी श्रीमतीसहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको जानकारी अनुसार रेसुङ्गा नगरपालिका-१ तम्घास भिमचोकमा रहेको भेटघाट होटल एण्ड लजबाट सोमबार उनीहरुलाई पक्राउ गरिएको हो ।

गुल्मीकै ईस्मा गाउँपालिका–१ का वडा अध्यक्ष चुराबहादुर खत्रीकी श्रीमती होटल सञ्चालिका ४३ वर्षीय आशा खत्रीसहितका अन्य जुवाडेहरुलाई नगद रकमसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा ईश्मा गाउँपालिका–५ का ३० वर्षीय प्रकाश बहादुर थापा, सोही ठाउँका ४४ वर्षीय महेश जि.सी. भन्ने मन बहादुर जि.सी., ३२ वर्षीय यम बहादुर कुँवर, ईश्मा–३ का २६ वर्षीय विष्णु कुँवर, रेसुङगा नगरपालिका–८ का ३५ वर्षीय लक्ष्मण थापा, सोही ठाउँका ५० वर्षीय कैलाश बन्जाडे र रेसुङ्गा २ का २९ वर्षीय यादब कुँवर रहेका छन् ।

पैसाको खाल थापी जुवा तास खेली खेलाई रहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तम्घासको टोलीले छापा मार्दा होटलमा उनीहरुलाई रङ्गे हात फेला पारिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ५ लाख ५ हजार ६५५ रुपैयाँ नगदसहित ३ बुक तास बरामद गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट चुनाव जितेका वडा अध्यक्ष खत्रीकै पहलमा घटनालाई गुपचुप राख्ने प्रयास गरिएको भन्दै आलोचना भएपछि प्रहरीले घटना बाहिर ल्याएको हो ।

सम्बन्धित् समाचार