बुटवल । रुपन्देहीमा ६ लाख ३३ हजार १ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । जिल्लामा १० लाख ८७ हजार ४६४ जनसंख्या रहेकोमा खोप लगाउन योग्य (१८ वर्ष भन्दा माथिका) ७ लाख १३ हजार १६८ जनसंख्या रहेको छन् ।
जसमध्ये ८८.८६ प्रतिशत अर्थात ६ लाख ३३ हजार १ जनाले कोरोना विरुद्धको पहिलो डोज र ५७.६० अर्थात ४ लाख १० हजार ७८८ जनाले कोरोना विरुद्धको पहिलो र दास्रो डोज लगाएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा कोरोना विरुद्धको कोभिसिल्ड र एस्ट्राजेनिकाको पहिलो डोज ८४ हजार ४०१ जनाले लगाएका छन् भने दुबै डोज ५९ हजार ४७ जनाले लगाएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यस्तै भेरोसिलको पहिलो डोज ४ लाख ८६ हजार ६०३ र दुबै डोज २ लाख ९६ हजार ८८३ जना, ५४ हजार ८५८ जनाले कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका छन् । यस्तै फाइजरको पहिलो डोज २ हजार ४ सय र दुबै डोज २ हजार २ सय ३६ जना र मोर्डना खोप ४ हजार ७३९ जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।