वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले सघं कोरोना नियन्त्रण गर्न काम गर्ने बताएका छन । कोरोना महामारीको तेस्रो भेरीयन्ट तिव्र रुपमा भैली रहेका बताउदै अध्यक्ष घिमिरेले सबै मिलेर यसको नियन्त्रणमा लाग्नु पर्ने बताए ।
यहीँ माघ १२ गतेबाट जिल्लाको चार नम्बर जितपुरमा रहेको बुद्ध रगंशालामा १२ औँ कपिलवस्तु महोत्सवको तयारी गरेको सघंले कोरोनाको महामारी बढने त्रासले महोत्सव हालका लागी स्थगित गरेको छ । सघंले यसअघि जस्तै यस क्षेत्रका बिभिन्न सघं संस्थासगं समन्वय गरेर कोरोना नियन्त्रणका अभियान चलाउने घिमिरेले वैखरी अनलाइनलाइ बताए ।








