गृहपृष्ठ Featured कस्तो रहनेछ आजदेखि शनिबारसम्मको मौसम ?

कस्तो रहनेछ आजदेखि शनिबारसम्मको मौसम ?

काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । आज बिहान देशका अधिकांश भूभागको मौसममा सामान्य बदली भएको छ । प्रदेश १ का एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली हुनेछ भने देशका अन्य भूभागको मौसममा आंशिक बदली हुनेछ । शुक्रबार राति सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार प्रदेश १ र बागमतीका एक, दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित् समाचार